Friday, May 15News That Matters

आज दिनार र कोरियन वनको भाउ घट्यो

कात्तिक २५ गते । 

आज बहराइन दिनार र कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राहरु यथावत रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ भने बहराइन दिनारको दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो  १ को खरिददर ३ सय १ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३७ पैसा रहेको छ ।