
पूर्णपुष्टि, कात्तिक २५ गते ।
भारतले एक पक्षीय रुपमा अगाडि सारेको नक्सालाई नेपालले अस्वीकार गरेको भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले बताउनु भएको छ ।
स्याङजाको वालिङमा एक कार्यक्रममा बोल्दै मन्त्रि अर्यालले नेपालको स्वाभिमान र सिमाक्षेत्रमाथि कसैको गलत मनसाय राख्न नहुने बताउनु भएको हो । कठोर नाकाबन्दीलाई पनि जितेको चर्चा गर्दै उहाँले देशको स्वाभिमानको रक्षा सँधै गर्ने बताउनुभयो ।
