
पूर्णपुष्टि, असार १२
अझै तीन दिनसम्म देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह छ । आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ ।
अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ । ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी आउने तथा पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिन सक्ने जनाएको छ ।
कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको जनाएको छ ।
सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पु¥याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।
