
पूर्णपुष्टि, असार १२
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी रंगेहात पक्राउ परेका छन् ।
जिप्रका कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले ५० हजार घुससहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्ने क्रममा उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।
जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको जनाईएको छ ।
कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमिका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक विष्ट पनि कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरिएको जनाएको छ ।
