
मोरङ, भाद्र १७
बिराटनगर–४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन ।

मोरङ कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह त्यसै गरी सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट, १ थान चक्कु, पयतबप अहिन्द्र नामको भारतिय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यो समुहले संगठित रुपमा अपराधिक समुह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जना सम्बन्धि हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

