Tuesday, April 21News That Matters

७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

काठमाडौं, १७ भदौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन ।

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले भने, ‘बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’

प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।