
पूर्णपुष्टि, भदौ १७
ताप्लिमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । ताप्लि गाउँपालीका–५ सल्ले (ढुङगे ) बस्ने हुपबहादुर मगर गाँजासहित पक्राउ परेको हो ।

गाजाँ ओसार पसार तथा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिगएको प्रहरी टोलीले गाँजा संकलन गरी बिक्र बितरण गर्ने मगरको घर खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा गाजाँ अन्दाजी १५ केजी बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा सहित मगरलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
