Sunday, June 7News That Matters

अटो दुर्घटनामा चालकको मृत्यु

मोरङ, माघ २३ गते ।

मोरङको बिराटनगरमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० को भित्री सडक खण्डमा अटो दुर्घटनामा चालक सलिम मियाको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको अटोे अरनिको कलेज छेउमा बिहान सवा ७ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका–१७ निबासी ४५ बर्षीय मिया घाईते भएको थियो । घाईते मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार अन्य तीन जना पनि घाईते घाईते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेरको छ  भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।