
माघ २३ गते ।
आज कोरियन वन र ओमानी रियाल बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डरलको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा थियो।
ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो यसको खरिदद २ य ९६ रुपैयाँ ४५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो यसको खरिदर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ६७ पैसा र र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा थियो । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो यसको खरिददर ३ सय ७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ६६ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ २ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ २७ पैसा रहेको थियो ।
