Monday, April 20News That Matters

अत्यादिक गर्मी बढेपछि चौदण्डी र बेलकाका विद्यालयहरुले दिए विदा

पूर्णपुष्टि, १९ जेष्ठ ।
तिन दिन यता अत्यादिक गर्मी बढे सँगै चौदण्डीगढी र बेलका नगरमा दुई दिन विद्यालय बन्द गर्ने निर्ण भएको छ । ४१ डिग्री सम्म तापक्रम बढेपछि विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनमा असहज भएको भन्दै दुई दिन विदा दिईएको हो ।

बेलका नगर संस्थागत विद्यालय संघ अध्यक्ष रविन कार्की र निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल चौदण्डीको सुनिल प्रधानले हस्ताक्षर गरेको पत्र सार्वजानिक गर्दै विदा भएको जनाईएको छ । चौदण्डीगढीमा २१ र २२ गते बेलकामा १९ र २१ गते गरी दुई दिनको विदा दिईएको हो । यता त्रियुगाले पनि विदाको निर्णय गरेको छ । शुक्रबारको निर्णय अनुसार २३ गते सम्म विद्यादा दिने पत्रमा उल्लेख गरेको छ ।