Thursday, May 7News That Matters

अध्यानका अनुसार आखाँ पनि कोरोना सर्ने एक प्रमुख माध्यम

पूर्णपुष्टि/बैशाख, २६

अध्यानहरुका अनुसार आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने कुरा पक्ता लागेको छ । कोरोना भाइरस संक्रमनको एक प्रमुख माध्याम आखाँ पनि रहेको अनुसन्धानहरुले पत्ता लगाएको हो ।

हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोलीले कोरोनाभाइरसले शरीरको दुई प्रवेश विन्दुबाट संक्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गरेको छ । टोली यस प्रमाणको प्रमाण पेस गर्ने पहिलो शोधकर्तामध्ये एक हो । उनीहरुको खोजलाई द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित गरिएको छ ।

प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (क्ब्च्क्(ऋयख(द्द) को ‘भाइरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको हो ।

डा. चानले भने ‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाहरुलाई लिएर प्रयोगशालामा सार्स–कोभ–२ (क्ब्च्क्(ऋयख(द्द) को अध्ययन गर्दा त्यसलाई सार्स र (ज्छल्ज्ञ) सँग तुलना गरेका थियौँ । हामीले सार्सको तुलनामा कोरोनाभाइरसले आँखा र माथिल्लो श्वासनलीबाट मानिसलाई संक्रमण गर्न सक्ने क्षमता ८० देखि १०० गुणा बढी पायौँ,’

‘यसले कोभिड–१९ सार्सभन्दा किन यति चाँडो फैलियो भन्ने प्रश्नको उत्तर पनि दिन्छ । यो अध्ययनले कोरोनाभाइरसको संक्रमण फैलिनुमा आँखामा पनि प्रमुख माध्यम रहेको देखाउँछ,’ डा. चानले भने ।

यसअघि, विश्वविद्यालयका शोधकर्ताहरुले प्लास्टिक र स्टेनलेस स्टिलमा कोरोनाभाइरस ७ दिनसम्म बाँच्न सक्ने देखाएको थियो । यो अध्ययनले कोरानाभाइरसको संक्रमणबाट बच्न आँखा नछुने र बारम्बार हात धुनुपर्ने कुरालाई पुनः स्थापित गर्दछ ।

स्रोतः साउथ चाइना मोर्निङ पोष्ट