Thursday, May 7News That Matters

भुल्केका ७ जना र १ भारतियसहित ८ जना कोरोना संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, बैशाख २६ गते । 

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारारत उदयुरको भुल्केका ७ जना र एक जना भारतीयसहित थप ८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

उनीहरुलाई आज विहान अस्पतालले डिस्चार्ज गरेको छ । डिस्चार्ज भएका मध्ये एक महिलासहित पाँच जना पुरुष नेपाली नागरिक रहेको जनाईएको छ ।

उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनीहरुलाई गत बैशाख ८ गते कोरोना संक्रमण देखा परेको थियो । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन उनीहरुलाई क्वारेन्टाइनमा राखिने छ । डिस्चार्ज भएकाहरुलाई विराटनगर– १५ मा स्थापना गरिएको रानी मर्कज क्वारेन्टाईनमा राखिएको जनाईएको छ ।