Sunday, June 28News That Matters

अनलाइन ठगी गर्ने २ जना भारतीय नागरिक पक्राउ

पूर्णपुष्टि, फागुन १४

चिठ्ठा परेको भन्दै रकम ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र इसेवाबाट उनीहरुले १ लाख ८४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए । पीडित ६ जनाले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिएको उजुरीको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।