Sunday, June 28News That Matters

अनुमति पत्र नभएका चालकले सवारी चलाउँदा दुर्घटना, वृद्धाको मृत्यु

पूर्णपुष्टि,मंसिर ३० 

विराटनगरमा अनुमति पत्र नभएका चालकले सवारी चलाउँदा दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ की ६५ वर्षीया वृद्धा महिला विखियादेवी साहको सोमबार राति मृत्यु भएको हो ।

विराटनगर–१५ झमेली चोकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीकाअनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राति १० बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धानबाट विक्रमले अनुमति पत्र नै नलिइकन मोटरसाइकल चलाउने गरेको खुलेको छ । प्रहरीकाअुसार साह दुर्घटना गरेलगत्तै पक्राउ परेपछि बिना लाइसेन्स सडकमा सवारी साधन चलाउने गरेको पाइएको हो ।