Saturday, November 7News That Matters

ठुलो मात्रमा भन्सार छलेर ल्याइएको चिनी बरामद

पूर्णपुष्टि,मंसिर ३०

मोरङमा भारतको कुवाडीबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको १ लाख ४७ हजार बजार मूल्य बराबरको चिनी प्रहरीले बरामद गरेको छ । सोमबार धनपालथान गाउँपालिका–४ का सुनिल राजबंशीको गोदाम नजिकै बोरामा लुकाएर राखिएको अवस्थामा चिनी बरामद भएको हो ।

गोदामबाट २ हजार ४ सय ६० किलो चिनी र चिनी पल्टी गर्ने ४ जनालाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो चिनी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको जनाइएको छ ।