
पूर्णपुष्टि,भदौ ६ । छिमेकी मुलुक भारतमा निकै चर्चित ‘नरेश सूर्य क्लासिक’ बडि बिल्डिङ अन्तरास्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट विजेता बनेका उदयपुरका दिलिप चौधरीलाई गृह जिल्लामा भव्य बधाई तथा सम्मान गरिएको छ । बुधवार त्रियुगा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षामा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख बसन्तकुमार बस्नेतद्धारा त्रियुगा नगर युवा तथा खेल्कुद विकास समितिले उनलाई सम्मान स्वरुप नगद रु,२१ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो । ‘नरेश सूर्य क्लासिक’ उप–बिजेता बनेको चौधरीले उदयपुर जिल्ला प्रदेश हुँदै सिङ्गो नेपाल राष्ट्रको नाम चिनाउन सफल हुनु भएको छ ।

सम्मान समारोहलाई सम्बोधन गर्दै त्रियुगा नगर युवा तथा खेल्कुद विकास समितीका सचिव किरन कार्कीले खेलाडिहरुलाई प्रोत्साहन स्वरुप नगर वर्ष खेलाडी पुरुष,नगर वर्ष महिला खेलाडी छनोट गरी नगद सहित चाँडै सम्मान गर्ने बताए । उनले भने ‘यो उपाधी उदयपुर जिल्लाको लागि मात्र भई नेपालको लागि उपलव्धी रहेको छ’ उलने बताए ।
गत शनिवार काडमाण्डौमा आयोजित बडि बिल्डिङ प्रतियोगितामा भारत र नेपालका गरेर १५० देखि १६० जना बडी बिल्डरले भाग लिएका थिए । उक्त प्रतियोगितामा १७० सेन्टिमिटरमुनिका खेलाडीहरूमध्ये चौधरीले नरेश सूर्य क्लासिक नेपालको ‘क्लासिक फिजिक’ श्रेणीमा स्वर्ण पदक जितेका हुन् । साथै, उनले ६५ केजीअन्तर्गत भएको बडी बिल्डिङ प्रतिस्पर्धामा दोस्रो स्थान पनि हात पारे ।
