
पूर्णपुष्टि,असार ४ । अन्तर्राष्ट्रिय ब्रान्ड ‘केल्मी’को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरुमा पर्वतको ठूलोपोखरी गाउँपालिका-३ घर भई काठमाडौं-२१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारी रहेका छन् ।
पर्वत ठूलोपोखरी गाउँपालिका- ३ घर भई काठमाडौं-२१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । केल्मी ब्रान्डको कपडा अनधिकृत रूपमा बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा खटिएको प्रहरी वृत्त जनसेवाको टोलीले दुई जनालाई पकाउ गरेको जनाएको छ ।
केल्मी लेखिएका ८४ वटा ट्राउजर, ७४ वटा जम्पर, ५४० वटा हाफ र फुल टिसर्ट र १० वटा स्यान्डो प्रहरीले बरामद गरेको छ ।
