
उदयपुर, मंसिर २७ गते ।
उदयपुरमा संचालन भएको अन्तर स्कुल खुला प्रतियोगीता टि–१० क्रिकेटमा उदयसी स्कुलले जित हात पारेको छ । प्रतियोगीताको उद्घाटन खेलमा शुक्रबार प्याराडाईजलाई ६९ रनले पछि पार्दै उदयसीले जित हात पारेको हो ।
टि–१० क्रिकेटमा प्याराडाईज स्कुल र उदयसी स्कुल विचको प्रतियोगीतामा उदयसीले ६९ सनको फराकिलो अन्तरले जित हात पारेको आयोजकले जनाएको छ । उदयसीको खेलाडी म्यान अफ द म्याच निर्दोस बस्नेत भएको आयोजकले जनाएको छ ।
