Tuesday, June 2News That Matters

ब्राउन सुगर सहित ५ जना पक्राउ

बिराटनगर, मंसिर २७ गते । 

झापा र मोरङको विभिन्न ठाउँबाट लागु औषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका नगपालिका, कमल गाउँपालिका र विराटनगर महानरपालिकाबाट ११ ग्राम छ सय २० मिलग्राम ब्राउन सुगरसहित पाक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटेका प्रहरी छोलीले मेचीनगर नगरपालिका–६ निबासी २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगर सहित  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटेका प्रहरी टोलीले ईलामको चुलाचुली घर भई हाल कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट महानगरपालिका–६ निबासी २९ बर्षीय अनुज खत्री १ ग्राम ६०० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा खत्रिले लगाएको जम्फरको टोपीमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा बराम गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा लागु औषध ओसार पसारमा अन्य २ जनाको समेत संग्लग्नता रहेको खुलेपछि महानगर–६ निबासी  २६ बर्षीय अयुव आलम र  केराबारी गाउँपालिका – १० निबासी ४१ बर्षीय तेजबहादुर लिम्बु समेतलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।