
सुनसरी, मंसिर २७ गते ।
सुनसरीको रामधुनीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–७ निबासी ५५ बर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।
रामधुनीको रास तालमा पौडी खेल्ने क्रममा बिहिवार दिउँसो पौने ५ बजे अचानक डुबेर घाईते भएका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउँनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
