Tuesday, June 30News That Matters

हराएका रसियन पर्वतारोही सम्पर्कमा आए

वैशाख ६ । 

अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् ।

ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेको पर्यटन विभागले जनाएको छ । यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको थियो ।

अन्नपूर्ण हिमाल आरोहणका लागि यो वर्ष कुल ४ समूहका ४४ जनाले अनुमति लिएका थिए । यी सबै विदेशी नागरिक हुन् । उनीहरुको साथमा पुगेका हाइअल्टिच्युड वर्कर तथा गाइडहरु समेत गरी दर्जनौं आरोही अन्नपूर्ण चुचुरो पुगेका छन् ।

यद्यपि यसको यकिन तथ्यांक नआइसकेको जनाएको छ । प्रारम्भिक तथ्यांक अनुसार अनुमति लिएकामध्ये २९ जना आरोही चुचुरो पुगेको खबर छ । यसबारे त्यहाँ खटिएका सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र संख्या यकिन हुने छ ।