Tuesday, June 30News That Matters

पेस्तोलसहित एक पक्राउ

पूर्णपुष्टि, वैशाख ६

सुनसरी कोशी गाउपालिका–४ स्थित जुद्धगंजबाट हतियार सहित एकजना पक्राउ परेका छन् । सप्तरी कन्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनी माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनी उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।