Tuesday, June 9News That Matters

अपहरण गरी करणी गरेको आरोपमा दुई जना पक्राउ

पूर्र्णपुष्टि,चैत ११

दुई जना किशोरीलाई अपहरण गरी जबर्जस्ती करणी गरेको आरोपमा रुकुम पूर्वका दुई जना पक्राउ परका छन् ।

रुकुमकै १४ र १५ वर्षीया दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा २३ र १४ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

चैत १ गते बाटै हराएका ती किशोरीहरु ९ दिनसम्म परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको उजुरी परेको थियो । उजुरी परे लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

दुई किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ ।

चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ ।