Tuesday, June 9News That Matters

विद्युत सर्ट भई आग्जनी हुँदा १० लाख क्षति

पूर्णपुष्टि, चैत ११

सर्लाहीकोे एक घरमा विद्युत सर्ट भई आग्जनी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बरहथवा नगरपालिका–९ ब्रहमस्थान बस्ने राजकुमार महतोको मंगलबार राति आग्जनी भएको थियो । आग्जनीमा घर, घरभित्र रहेको तीन लाख ५० हजारसहित सम्पूर्ण सामान जलेको नष्ट हुँदा नौं लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही आगोले राजकुमारका छिमेकी जोगि  महतोको घरको काठको बरण्डामा राखिएको ५० हजार बराबरको कपडा जलेर भएको प्रहरीले जनाएको छ ।

उक्त आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।