Saturday, June 13News That Matters

अपांग युवतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

पूर्णपुष्टि, असोज ११ गते ।
शारीरिक रुपमा अपांगता भएकी १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा मोरङको लेटाङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको लेटाङ नगरपालिका–९ की ती युवतिलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेको हो ।
उनका अनुसार युवतीका दुवै खुट्टा चल्दैन । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । लेटाङ–९ मा राईको खेती छ । काम गर्नलाई खेतमा गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अपांगता भएकी युवती बलात्कृत भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।