Friday, May 22News That Matters

अफिमसहित ३ जना पक्राउ

पूर्णपुष्टि, भदौ २१

रुकुम पश्चिममा लागुऔषध अफिम सहित तीन जना पक्राउ परेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका–९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह १६ केजी अफिमसहित पक्राउ परेका हुन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटेका संयुक्त टोलीले अफिमसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।