
पूर्णपुष्टि, भदौ २१
सरकारले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।
वीर अस्पतालको नियमित स्वास्थ्य सेवा अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजको बिफ्रिङमा जानकारी दिनुभएको हो ।
नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी हुने गर्दछ ।
पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए ।

