Tuesday, June 2News That Matters

अबैधऔषधीसहीत २ जना पक्राउ

पूर्णपुष्टि, माघ ३
मोरङको रतुवामाई नगरपालिका–९ भौडाबाट अबैध औषधीसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको सुनबर्शी नगरपालिका–६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी–७ का ३० वर्षीय कार्तिक चन्द दास अबैध औषधीसहित पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी ट्रामाडोल डाइड्रोक्लोराईड क्यापसुल २० हजार ट्याब्लेट बरामद गरेको हो । अबैध औषधीसहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी व्यवस्था विभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।