Thursday, May 21News That Matters

अबैध औषधी सहित दम्पती पक्राउ

पूर्णपुष्टि, भदौ १९

सुनसरीमा अबैध औषधी सहित दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङ रहेका छन् ।उनिहरुले आफ्नै कोठामा अबैध औषधी लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दम्पतीलाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।