
पूर्णपुष्टि, १५ जेष्ठ ।
नेशनल लाईफ गाईघाटले अभिकर्ताहरुको क्षमता अभिबिद्धि गर्न प्रेरणा जगाउने काम गरेको छ । मंगलबार गाईघाट स्थित रत्न रिसोर्टमा गाईघाट शाखाको आयोजनामा एक दिने मोटिभेशनल (प्रेरणा) कार्यक्रम संञ्चालन गरिएको थियो । करिब २ सयको हाराहारीमा उपस्थित अभिकर्ता तथा अन्य व्यक्तिहरुलाई नेपालका चर्चित मोटिभेशनल पर्सन सउनक भट्टले प्रेरणा जगाएको छ । भट्टले उपस्थितहरुलाई आफ्नो भोगाई र अनुवभ सँग जोडेर सफलताको लागि आफुमा सकरात्मक परिवर्तन हुनु पर्ने जनाएको छ ।

मान्छेहरु सफल हुन खोज्ने तर परिवर्तन र प्रयासहरु भने नगर्ने हुँदा आफु पहिलेको भन्दा फरक वन्न नसकिने भट्टको टिप्स थियो । उनिले अवस्था र परिस्थितिमा जस्तो पनि परिवर्तन गर्न सक्ने मान्छेले अन्य समय आफुलाई परिवर्तन गर्नै नसकिरहेको जनाए । नेशनल लाफई गाईघाट शाखाले आयोजना गरेको कार्यक्रममा आफु प्रेरणाको स्रोत बन्न मात्रै नआएको र यहाँ उपस्थित सबैलाई सफलताको खुुड्कीलोमा हिडाउन आएको उनले जनाए । हाल सम्म ३ लाख बढी मानिसहरुलाई प्रेरणाको स्रोत बनेर उभिएको भट्टले असफल हुन जति असहज छ सफल हुन उत्तिकै सहज रहेको पनि जनाए ।

उनले आफु पहिलेको अवस्थाबाट तत्काल बद्लीन सके सफलता टाढा नरहेको समेत जनाए । तर मानिसहरुले आफ्नो तालिका बिर्सने लागु नगर्ने र पहिलेकै अवस्थामा रहिरहनाले सफलता निकै कठिन रहेको जनाए । कम्पनीका शाखा प्रमुख प्रेम कुमार राईले जिन्दागी परिवर्तन र प्रयासलाई सरल हिसावले बुझ्न बुझाउन यो कार्यक्रमले महत्वपूण योगदान गर्ने जनाए । आज सबै आआफ्नो स्थानमा सफल र मेहनती भएता पनि त्यस्लाई सहज र सरल बनाई अघि बढ्न कार्यक्रमले भुमिका खेल्ने अपेक्षा राईको छ । कार्यक्रमले उपस्थित सबैलाई सफलताको शिखरमा पुग्न मदत गर्ने पनि प्रमुख राईले जनाए ।


