
पूर्णपुष्टि, असार २ । बलिउड अभिनेत्री अमिषा पटेलले सिभिल अदालतमा आत्मसमर्पण गरेकी छन् । आफु विरुद्ध चलिरहेको चेक बाउन्स, ठगी र धम्कीको मुद्धामा सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा उनले आत्मसमर्पण गरेकी हुन्।
जानकारीका अनुसार यसअघि उनी नआउने भनिएपनि राँची आएपछि उनले सिभिल कोर्टमा आत्मसमर्पण गरेकी हुन् । अप्रिल महिनामा उनको मुद्धामा सुनुवाई भएको थियो । सुनुवाईको क्रममा अदालतमा उपस्थिति हुन भनिएता पनि उनि हाजिर भईनन् । त्यसपछि अदालते उनि विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
२०१८ मा झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेल र उनका व्यवसायिक साझेदार कुणालले उनलाई ठगी गरेको भन्दै रिट दायर गरेका थिए । १७ नोभेम्बर २०१८ मा राँची सीजेएम अदालतमा मुद्धा दायर गरेका सिंहले पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका थिए । जसमा अमिषा पटेलले उनीसँग २.५ करोड रुपैयाँ लिएर म्युजिक एल्बम नबनाएको आरोप छ । उनलाई अदालतले १०–१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।
