Tuesday, June 9News That Matters

अभिनेत्री करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

पूर्णपुष्टि,फागनु ५ । अभिनेत्री करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेका छ । उनलाई काठमाडौंको भोटाहिटीबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए । गत माघ २४ गते आफूलाई मानहानी गरेको भन्दै अभिनेत्री मानन्धरले खनाल विरुद्ध नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले अमेरिकामा एक जना पुरूषसँग करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन् ।

कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए । पक्राउ परेका खनालमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाने जनाएको छ ।