Tuesday, June 9News That Matters

सट्टाबाजीको आशंकामा कीर्तिपुर मैदानबाट एक पक्राउ

पूर्णपुष्टि,फागुन ५ । कीर्तिपुरबाट सट्टाबाजीको आंशकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) एसपी सन्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट उनलाइ प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिए ।

त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।