Thursday, June 25News That Matters

अमेरिकामा पाईने अनौठो प्रजातिको रैथाने माछा मोरङको स्थानीय खोलामा फेला पर्यो

पूर्णपुष्टि, कार्तिक १५
मोरङको एक खोलामा अचम्म खालको माछा फेला परेको छ । हाल सम्म सायदै खोलाहरुमा फेला नपरेको अनौठो प्रजातिको माछा मोरङ स्थित लोहन्द्रा खोलामा फेला परेको हो ।
धनपालथान गाउँपालिकाको दादरबेरियास्थित खोलामा अनौठो प्रजातिको माछा भेटिएपछि अचम्मित भएको छ ।

मोरङ डिभिजन वन कार्यालयका अधिकृत परमेश्वर पासवानका अनुसार अमेरिकाको रैथाने प्रजातिमा पर्ने यो माछा नेपालमा सहजै नपाईने बताए । कसरी यो माछा नेपालमा भेटियो भन्नेबारे अध्ययन थालिएको उनको भनाइ छ । उनले नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको बताए । अमेरिकाको रैथाने माछा ‘सकरमाउथ क्याट फिस’ पहिलो पटक मोरङमा फेला परेको हो । वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ रहेको यो माछा नेपालमा दोस्रो पटक फेला परेको पासवानले बताए ।

पहिलो पटक सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा भेटिएको थियो । खान अयोग्य मानिने यो माछालाई पछिल्लो समय केही मुलुकले एकोरियममा सजावटका लागि लैजाने गरेको पाइएको छ । पासवानका अनुसार सजावटका लागि सन् १९९० मा एसिया, युरोप, चीन र बंगलादेशले यो माछा भित्र्याएको पाइन्छ । पासवानका अनुसार मिचाहा प्रजातिकै भएका कारण यसले रैथानेको बासस्थान, प्रजनन् र विकासलाई धेरै ठूलो असर गर्छ ।यसले आफ्नो सङ्ख्या बढाउने र अरू रैथाने माछाको बासस्थानसमेत नष्ट गरिदिने माछाविज्ञ दीपनारायण साहको भनाइ छ । उनका अनुसार नेपालमा पाइने स्थानीय प्रजातिका माछाका लागि यो ठूलो शत्रु हो । नेपालको नदीमा देखापर्नु भनेको रैथाने प्रजातिका लागि निकै हानिकारक एवम् खतरनाक मानिने साहले बताए ।