Friday, May 22News That Matters

अमेरिकामा प्लाज्मा थेरोपीमाबाट उपचार गर्न अनुमति

पूर्णपुष्टि, भदौ ८

अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ । सङ्क्रमित बिरामीलाई प्लाज्मा थेरापीमार्फत उपचार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने जनाईएको छ । प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने जनाईएको छ ।

अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको मृत्यु भएको छ ।

विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ८ लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।