Friday, May 22News That Matters

च्याम्पियन्स लिगको उपाधी बायर्न म्युनिखलाई

पूर्णपुष्टि, भदौ ८

युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले हात पारेको छ । फ्रेन्च च्याम्पियनलाई १–० गोलले पछि पार्दै बायर्नले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।

बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बनेको थियो ।

यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ । युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ वर्षमा १.२ बिलियन यूरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा बायर्नले अग्रता बनायो । उसका लागि किंग्स्ले कोमनले हेडरबाट गोल गर्न सफल भए । उनको त्यो गोल च्याम्पियन्स लिगमा बायर्नको पाँच सयौँ गोल थियो ।

च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बायर्न तेस्रो टिम बनेको छ । बायर्नभन्दा अगाडि बार्सिलोना र रियल रहेको छ । बार्सिलोनाले ५ सय १७ गोल र रियलले ५ सय ६७ गोल गरेको छ ।