Friday, May 22News That Matters

आज नेप्से परिसूचक बढ्यो

पूर्णपुष्टि, भदौ ७

आज शेयरबजार परिसूचक नेप्से बढेको छ । नेप्से १२.७७ अङ्कले बढेर १४ सय १०.३४ अङ्कमा पुगेको छ ।

आज जलविद्युत, व्यापार र सामुहिक लगानीबाहेक अन्य सबैजसो समूहको शेयर उकालो लागेको छ । निर्जीवन बिमा समूहको शेयर दुई सय ३३, जीवन बिमा समूहको एक सय ७३, उत्पादनको ८८ र होटल समूहको शेयर २३ अङ्कले बढेको छ ।

आज एक अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका २४ लाख ९८ हजार ६ सय कित्ता शेयर किनबेच भएका छन् ।

आज सम्बृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका शेयरधनीले भने झण्डै पाँच प्रतिशत गुमाएका छन् ।