
पूर्णपुष्टि,वैशाख ९ । अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर जग्गाको बिक्री कारोबार घटेको छ । एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो ।
अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको बिषयलाई चिन्ताको रुपमा लिईएको छ । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशाष्त्रीहरुले जनाएका छन ।
‘संसारलाई झै अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड–१९ ले असर गरेको छ, मानिसहरुको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरु अहिले बाँच्नका लागि अर्थात जिविकोपार्जनका लागि मात्रै पैसा कमाईरहेका छन भने झै अवस्था देखा परेको छ, जसको परिणाम स्वरुप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशाष्त्री निक जोन्सनले भने ।
विद्यमान घर बिक्री गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतका दरले घटन पुगेको छ । एनएआरका अनुसार औषत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०।९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झर्न गएको हो । तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिनाको तुलनामा गत मार्चको अन्त्यसम्ममा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
