
पूर्णपुष्टि,वैशाख ९ । जिल्लाको कटारी नगरपालिका २मा सिंचाई सुविधा पुराउँनको लागि खोक्सेली कुलो निर्माण योजना सम्पन्न भएको छ । शुक्रवार कोशी प्रदेशका प्रदेश सभा सदस्य राम कुमार खत्रीले निर्माण योजनका औपचारीका कार्यक्रमको उद्घाटन गर्नुभयो थियो ।
आफ्नै गाउँमा सुविधा सम्पन्न सिंचाई सुविधा पाएपछि २ नम्बर वडाका सिमानपुर,कल्याणपुर, ददरिया र खोक्सा गाउँका कृषकहरुमा खुशीयाली छाएको छ ।
प्रदेश संसद खत्रीका अनुसार यस क्षेत्रका किसानलाई यस भन्दा अगडि सिंचाई,मल,बीउ समयमा उपलब्ध नहुँदा यहाँका स्थानीय कृषकहरु मारमा परेको बताउनु भयो । उनले आफू पनि किसान कै छोरा भएकोले आफूलाई नजिकबाट किसानको समस्या बारे जानकार रहेको बताउँदै प्रदेश सरकारको तर्फबाट किसानलाई सिंचाई सुविधा पुराउन समयमा मल, खाद र बीउ विजन उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।
उक्त योजनाबाट ३ सय घरधुरीका एक हजार ९ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । रु ४ करोड ४९ लाख हजार लागतमा निर्माण गरिएको खोक्सेलि खुलो आयोजना तावाखोला सिमानपुरबाट १ हजार ७ सय मीटर लामो पक्की कुलो रहेको ३३ सय मिटर कच्ची कुलो रहेकोे सिँचाइ विकास डिभिजन कार्यालयका उदयपुरका प्रमुख देव मण्डलले बताउनुभयो ।
