
पूर्णपुष्टि, फागुन २४ ।अमेरिका देखि नेपाल पठाईएको दुई चिठीपत्रको खामभित्र ६.९ किलो गाजा फेला परेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार (चकलेट एण्ड चाईल्ड गेम आईटम) उल्लेख गरिएको पार्सलमा साढे ४ किलो र अर्को होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा २.४ किलो गाजा बरामद भएको छ ।
फागुन २१ गते अमेरिकाको लस एज्जसदेखी दुबई हुँदै नेपाल ल्याईएका ४ किलो गाजाको पार्सल लिन आएको भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका–३ का फैज आलमलाई पक्राउ गरेको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । जोशीका अनुसार ती भारतीय नागरिकको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद भएको छ ।
त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको अर्को २.४ किलोग्राम गाँजाको पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका– ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका एसपी जोशीले जानकारी दिए ।
