
पूर्णपुष्टि, जेष्ठ २३ । अमेरिकी जाँच एजेन्सी एफबीआईका पूर्व एजेन्ट तथा अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस मानिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । ७९ वर्षीय ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेको समाचार एजेन्सी बीबीसीले जनाएको छ । उनको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन ।
१२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनमाथि रुसको लागी जासुसी गरेको आरोप थियो । उनले रुसको लागी २० बर्ष जासुसी गरेको र रुसले हिरासहित उनको खातामा १४ लाख डलर ट्रान्सफर गरिदिएको बीबीसीले उल्लेख गरेको छ । सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनिबाट ह्यान्सनको पनि संलग्नता खुलेपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो ।
