
पूर्णपुष्टि, भदौ २६
अमेरिकाको आगामी राष्ट्रपति चुनावलाई लक्षित गरेर ह्याकरहरु सक्रिय भएको माइक्रोसफ्टले जनाएको छ ।
रुस, चीन र इरानसँगको सम्बन्धमा रहेका ह्याकरहरुले सन् २०२० मा हुने राष्ट्रपति चुनावमा सामेल भएका व्यक्ति र समूहहरुमा हस्तक्षेप गर्ने कोशिस गरिरहेका माइक्रोसफ्टले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
सन् २०१६ को चुनावमा डेमोक्रेटिक अभियान चलाएर ह्याकरहरुले चुनावलाई लक्षित गरी आफ्ना गतिविधि अघि बढाएको जनाइएको छ । राष्ट्रपतिको दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बिडेन ह्याकरहरुको निशानामा रहेको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टले विज्ञप्ति निकालेर रुसी ह्याकरहरुको समूहले दुई सयभन्दा धेरै संगठनलाई लक्षित गरेका र त्यसमध्ये अमेरिकी राजनीतिक दल पनि रहेका बताएको संचारमाध्यमहरुले जनाएको छ । त्यो समूहले बेलायती राजनीतिक दलहरुलाई पनि निशाना बनाएको जनाएको छ ।
ह्याकरहरुले नागरिकहरुको खातामा प्रवेश गरेर पहुँच बनाउने काम गरिरहेका भन्दै समयमै नरोकेमा यसले अमेरिकी चुनावमा समस्या ल्याउने जनाइएको छ ।

