
पूर्णपुष्टि, भदौ २६
भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४५ ला ५९ हजार सात सय २५ पुगेको छ ।
भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा १२ सय १३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार तीन सय चार पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वमा गत २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको जनाईएको छ ।
सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैको मृत्यु भएको छ भने दुई करोड ३ लाखभन्दा धेरै निको भएका छन् ।

