
पूर्णपुष्टि, असार २८
कोरोना भाईरस (कोभिड–१९)को महामारी सुरु भएपछि पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक स्थलमा मास्क लगाउनुभएको छ । घाइते सिपाही तथा स्वास्थ्यकर्मीहरुको उपचार भइरहेको वाल्टर रिड सैन्य अस्पताल पुग्दा ट्रम्पले मास्क लगाउनुभएको हो ।
पहिलो पटक मास्क लगाएपछि ट्रम्प फेरि चर्चामा आएको छ । ट्रम्प पहिलेदेखि नै मास्क लगाउने विषयलाई लिएर विवादमा आउनुभएको थियो । उहाँले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्दी नेता जो बिडेनले मास्क लगाएको बारेमा समेत ठट्टा गर्नुभएको थियो ।
तर शनिबार सैन्य अस्पताल पुग्दा भने उहाँ कालो मास्कमा देखिनुभएको थियो । ह्वाइट हाउसबाट अस्पतालतिर जाने क्रममा उहाँले आफू कहिल्यै पनि मास्कको विरोधमा नभएको र हरेक कुराको निश्चित समय र स्थान हुने बताउनुभएको थियो ।
