
मोरङ, असार २८
मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिराटनगर–१८ झटियाही निबासी १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको हो ।
गतराती १० बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर वेहोस भएका यादबलाई उपचाराका लागी लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
