Saturday, June 27News That Matters

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

पाँचथर, असार २८ 

पाँचथरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । याङवरक–४ निबासी ५० बर्षीय मानध्वज माबोको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।

याङवरक–४ देउराली चौक स्थित भित्र कच्ची सडक खण्डमा हिजो साढे ५ बजे को २ त ७०४३ नम्बरको ट्याक्टरको टली खुस्केर सडकबाट ३० मिटर तल खस्दा ट्याक्टरमा सवार रहेका १० जना मध्ये ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये मानध्वज माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अन्य ४ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।