Saturday, June 27News That Matters

त्रिनपा १३ बहेडुवामा सुपथ मुल्यको पसल संञ्चालन

पूणर्पुष्टि, असार २८

त्रियुगा नगरपालिका वडा नं १३ वहेडुवामा सुपथ मुल्यको पसल आइतबार देखि संञ्चालनमा आएको छ ।

घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको सहयोगमा साहारा कृषि सहकारी संस्था लिमिडेड द्धारा संञ्चालित साहारा आधारभूत खाद्य वस्तुको सुपथ मुल्य पसलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले गर्नुभयो ।

उद्घाटन गर्दै प्रमुख परियारले साहारा कृषि सहकारी संस्था आत्मानिर्भंर मुखि संस्था रहेको बताउनुभयो । संस्थाले स्थानीय जनताहरुलाइ आत्मानिर्भर मुखिका लागि निकै उदाहरणीय कामहरु गरिरहेको बताउनुभयो ।

पसल संञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यलय उदयपुरले १ लाख ८० हजार अनुदान रकम सहयोग गरेका छन् । उद्घाटन कार्यक्र सँगै संस्थालाई सोबापतको चेक घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख पाक्रमखा चौधरी र समन्वय प्रमुखले एक साथ संस्थालाई प्रधान गर्नुभयो । घरेलुको १ लाख ८० हजार र संस्थाको १ लाख गरी जम्मा २ लाख ८० हजारको लगानीमा पसल संञ्चालन गरिएको छ ।

आफ्नै स्थानीय स्थरमा स्थानीयहरुलाई सुपथ मुल्यमै सामान उपलब्ध गराउने र सामानहरु विश्वासिलो मुल्यमा बिक्रि वितरण गरी समय र पैसाको बचतमा टेवा पुराउने भन्दै सुपथ मुल्यको पसल संञ्चालन गरिएको साहारा कृषि समुहका अध्यक्ष सिताराम चौधरीले बताउनुभयो ।

गाईघाट बाट ल्याएर बेच्दा नाफा खाएर पसलहरुले सामान विक्रि गर्नु पर्ने अवस्थामा यस सुपथ मुल्यको पसलले भने गाईघाट अथवा गोदाम बाट ल्याएको मुल्यमै सामान उपलब्ध गराउने संस्थाका व्यवस्थापक कृति नारायण चौधरीले बताउनुभयो ।

उहाँले यस पसल सञ्चालन पश्चात स्थानीयहरु गाईघाट सामान लिन जान नपर्ने गाईघाटमा पाउने मुल्य त्यही पाउनुका साथै समय, पैसा र गडीभाडा समेत बच्ने हुँदा संस्थाले सुपथ मुल्यको पसल संञ्चालन गरेको बताउनुभयो ।

बिभिन्न ठाउँमा धेरै ग्राहकहरु कालाबजारी र डेट सकिएको सामान खरिदको भागेदार भइरहेको अवस्थामा यस पसलमा भने यो समस्या नहुने चौधरीले बताउनुभयो ।

समाजसेवी समुहका जिल्ला संयोजक विनोद कार्कीले यस सुपथ मुल्यको पसलले स्थानीयहरुमा धेरै सहज गराउने बताउनुभयो । गाईघाटमा पाउने हरेक खाद्य सामाग्री, तरकारी, विउविजन, दाना, ब्राण्ड, चोकर लगाएतका सामाग्रीहरु बजार भाउमै पाउनाले गाडी भाडा सँगै बिभिन्न हिसावले स्थानीयहरुलाइ ठुलो टेवा पुग्ने बताउनुभयो ।

कार्कीले पसललाई व्यवस्थित र निर्देशिका अनुरुप पारदर्शि ढंगबाट संञ्चालन गरिने कुरा स्थानीयहरुलाई सुझाउनुभयो । उहाँले हरेका वर्ष नाफा घाटाको विवरण र जानकारी संस्थाका सियर सदस्यहरुमा प्रस्तुत गर्नुका साथै नाफा बाटा आएका २५ प्रतिसत भने आम सियर सदस्यहरुलाई बोनसको रुपमा उपलब्ध गराउने बताउनुभयो ।

यस पसलमा स्थानीय स्थरमा उत्पादन भएका कृषि, तथा खाद्य सामाग्रीहरुलाई प्रथामिकताका साथ राखिने समेत कार्कीले बताउनुभयो । पसलमा बिक्रितिका बिभिन्न किरानामा राखिने धुम्रपान, मद्यपान, तास लगाएका बस्तुहरुलाई भने बिक्रि नगरिने जनाइएको छ ।

पसलमा किरानाका सम्पूणर् सामाग्री, कृषिका विउविजन तगरकारी लगाएतका सामाग्री, खाद्यन्नका चामल, दाल, तथा विउविजन र दाना, चोकर, ब्राण्डहरु राखिएको छ । स्थानीयको थप आवश्यकता अनुरुप अन्य सामाग्रहरु पनि व्यवस्था गरिने संस्थाले जनाएको छ ।