Friday, May 22News That Matters

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना पुष्टि

पूर्णपुष्टि, असोज १६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी गरिरहेको जनाईएको छ ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको ट्रम्पले बताउनुभएको जनाईएको छ । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको जनाईएको छ ।
ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।