
पूर्णपुष्टि, असोज २०
अस्पतालबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज हुनुभएको हो ।
ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
उपचार ह्वाइट हाउसमै हुनेछ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित हुनुभएको हो ।

