
पूर्णपुष्टि, असोज २०
आज देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले प्रदेश १ का थोरै तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी प्रदेशहरुमा घाम लाग्दै बादल लाग्ने जनाएको छ ।

